SHARE
पर्दाफास · सोमबार १९ असो २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद गरि पेस्तोलसहित उनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । आज करिब १ बजेमा जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गरेको बीआर३०वाई २८५३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।