कांग्रेसले शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने
काठमाडौं। नेपाली कांग्रेसले पार्टीका राजनीतिक आन्दोलनका क्रममा शिक्षा, रोजगारी वा अन्य अवसर गुमाएका शहीद, द्वन्द्वपीडित तथा घाइतेका परिवारलाई सहयोग गर्न १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने प्रस्ताव अघि सारेको छ।