SHARE
पर्दाफास · सोमबार १९ असो २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : देउवाको खाली कुर्सी र ‘म्युजिकल चियर’को चर्चा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह केवल पार्टीको नयाँ नेतृत्व चयनको औपचारिक सुरुवातमा सीमित रहेन । खुलामञ्चमा आयोजित समारोहमा देखिएको दृश्य, नेताहरूबीचको सवाल–जवाफ र विभिन्न दलका शीर्ष नेताहरूले व्यक्त गरेका धारणाले कांग्रेसको आन्तरिकसँगै मुलुकको समग्र राजनीतिक दिशामाथि पनि बहस जन्माएको छ ।