SHARE
पर्दाफास · सोमबार १९ असो २०८३ ०६:०३ AM · 1 मिनेट पढाइ

इनरुवामा काउली बोकेको ट्रकभित्र २५६६ किलो गाँजा, चालक र सहचालक पक्राउ

सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछीबाट ठुलो परिणाममा गाजा बरामद भएको छ । तरकारी (शब्जी)को आवरणमा ठुलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले गाजा सहित दुई जनालाई पक्राउ गरेको हो ।