गगनले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको नेतृत्वमा गगनकुमार थापाको आगमनलाई ‘निरन्तरतामा क्रमभंग’ भएको बताएका छन्। उनले थापाले कांग्रेसलाई नयाँ इतिहासतर्फ डोहो¥याएको भन्दै बधाईसमेत दिएका छन्। काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले थापामा देशको नेतृत्व गर्न सक्ने क्षमता आफूले यसअघि नै देखेको बताए।