हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको उद्योगमन्त्री यादवद्वारा अवलोकन
काठमाडौं । उद्योगमन्त्री गौरी यादवले परीक्षण उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगको अवलोकन गरेकी छन् । मन्त्री यादवले शनिबार बिहान उद्योगको स्थलगत अवलोकन गरेकी हुन् । अनुगमनका क्रममा नेपाली सेनाले मन्त्री यादवलाई उद्योगको वर्तमान अवस्था र सञ्चालनबारे जानकारी गराएको थियो ।