SHARE
लोक पथ · शुक्रबार​ ५ भौ २०८३ ०६:१२ AM · 1 मिनेट पढाइ

१ लाख ७० हजार कालोसूचीमा परेका ऋणीलाई राहत दिने सरकारको तयारी

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेका करिब १ लाख ७० हजार नागरिकलाई राहत दिने तयारी गरेको छ । व्यवसाय सञ्चालनका क्रममा समस्या परेका तथा चेक बाउन्सका कारण कालोसूचीमा परेका नागरिकलाई कानुनी प्रक्रियामार्फत राहत दिने विषयमा छलफल भइरहेको अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बताएका छन् ।