SHARE
लोक पथ · बिहीबार २८ साउन २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

भोलि बिहान ललितपुरका अधिकांश क्षेत्रमा दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । ललितपुरका अधिकांश क्षेत्रमा भोलि बिहान करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पाटन सबस्टेशनको ६६ केभी बसबार मर्मतसम्भार गर्नुपर्ने भएकाले भोलि बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गरिने भएको हो ।