SHARE
लोक पथ · बिहीबार २८ साउन २०८३ ०३:३५ AM · 1 मिनेट पढाइ

किशोर श्रेष्ठ पक्राउपछि जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरीको छापा

काठमाडौं । ललितपुरको सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीसँगको समन्वयमा आज बिहान कार्यालयमा खानतलासी गरेको हो । जनआस्था साप्ताहिकका सम्पादक तथा सञ्चालक किशोर श्रेष्ठ बुधबार साँझ पक्राउ परेपछि प्रहरीले अनुसन्धानका क्रममा कार्यालयमा खानतलासी गरेको जनाएको छ ।