SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ मंिर २०८३ ०१:४४ AM · 1 मिनेट पढाइ

पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीले मार्‍यो छापा

काठमाण्डु –पूर्व मुख्यसचिव एकनारायण अर्यालको घरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ । मलेसिया जाने कामदारसँग अवैध रूपमा रकम असुली सम्बन्धी केही कागजात हुनसक्ने आशंकामा सीआईबीले बूढानीलकण्ठस्थित निवासमा छापा मारेको हो । उनलाई बिहीबार नै पक्राउ गरेको थियो । श्रमिकहरूको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रक्रिया कैलाश खड्काको माइक्रोटेक प्रालिले गर्दै आएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी