अमिताभको घर र दिलजीतको कन्सर्टमा बम विस्फोट गराउने धम्की, ग्रिनेड हान्ने चेतावनी
मुम्बई– बलिउड अभिनेता अमिताभ बच्चनको घर ‘जलसा’ र भारतीय गायक दिलजीत दोसाँझको कन्सर्टमा बम विस्फोट गराउने धम्की आएको छ। भारतको मुम्बईकी मेयर ऋतु तावडेलाई धम्कीपूर्ण इमेल प्राप्त भएको हो। इमेलमा बृहन्मुम्बई महानगरपालिका (बीएमसी) मुख्यालयस्थित मेयरको कार्यालय, मुम्बई मेट्रो नेटवर्कसहित विभिन्न संवेदनशील स्थानमा विस्फोट गराउने चेतावनी दिइएको छ।