साउदी अरबमा हुथीको आक्रमणमा घाइते एक नेपालीको मृत्यु, दुईजनाको उपचार हुँदै
काठमाण्डु- साउदी अरबको राजधानी रियादस्थित एक वित्तीय केन्द्रको टावरमा यमनको विद्रोही समूह हुथीले गरेको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ। घटनामा घाइते भएका अन्य दुई नेपालीको उपचार भइरहेको छ भने एक जना उपचारपछि निको भएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै आक्रमणमा नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको हो।