देउवा समूहलाई चन्द्र भण्डारीको आह्वान, ‘व्यक्ति होइन, विचार ठूलो, गुट होइन, पार्टी ठूलो’
काठमाण्डु– नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पार्टीलाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई एकजुट हुन आह्वान गरेका छन्। निर्वाचन आयोगबाट नेपाली कांग्रेस पार्टी अद्यावधिक भइसकेको उल्लेख गर्दै भण्डारीले विगतका मतभिन्नता र असमझदारी संवादमार्फत समाधान गर्न आग्रह गरेका हुन्।