श्रमिकले आफ्नो पासपोर्ट आफैँसँग राख्न पाउने यूएईको कानुनी व्यवस्था
दुबई : तपाईं संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत हुनुहुन्छ ? तपाईंको राहदानी (पासपोर्ट) कम्पनीले राखेको छ ? यदि त्यसो हो भने यूएईको कानुनअनुसार तपाईंले आफ्नो पासपोर्ट आफैँसँग राख्न पाउनुहुन्छ ।यूएईको संघीय श्रम कानुनले रोजगारदाताले श्रमिकका आधिकारिक कागजात नियन्त्रणमा राख्न नपाउने व्यवस्था गरेको छ । यसमा पासपोर्टसमेत पर्छ । पासपोर्ट श्रमिकको व्यक्तिगत अधिकार भएकाले रोजगारदाताले आफ्नो नीतिनियम बनाएर समेत श्रमिकको पासपोर्ट नियन्त्रणमा राख्न मिल्दैन ।