प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच पाँच घण्टा लामो भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ ।लामिछानेको सचिवालयका एक सदस्यका अनुसार लामिछाने निवास बूढानीलकण्ठमा उनीहरूबीच सौहार्दपूर्ण भेटवार्ता भएको हो। भेटमा प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई आफ्नो भारत भ्रमण र त्यसका उपलब्धिबारे जानकारी गराएका छन्।