नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्यागअब सानिमा बैंकबाट
काठमाडौं : नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने RFID प्रविधिमा आधारित एन–ट्याग अब सानिमा बैंक लिमिटेड तथा देशभरि फैलिएका यसका शाखाहरूबाट सहजै लिन सकिनेछ। सडक बोर्ड नेपालद्वारा सञ्चालित यस सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल सङ्कलन (Electronic Toll Collection) प्रणाली लागू गरिएको छ।