महोत्तरीकाे सोनमा गाउँपालिकामा २२ करोडको लागतमा सडक निर्माण हुने
महोत्तरी : सोनमा गाउँपालिकामा बिहीबार २२ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण हुने सडकको शिलान्यास गरिएको छ।मधेशका पूर्वमुख्यमन्त्री एवं महोत्तरी क्षेत्र नम्बर ४ (क)का प्रदेशसभा सदस्य सरोज कुमार यादवले उक्त २ सडक योजनाहरूको शिलान्यास गरेका हुन्।सोनमा बजार हुँदै सरस्वती जनता माध्यमिक विद्यालयदेखि सिंहासनीसम्म जोड्ने सडक निर्माणका लागि १३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको पूर्वमुख्यमन्त्री यादवले जानकारी दिएका छन्।