SHARE
अन्नपूर्ण · बिहीबार ११ मंिर २०८३ ११:०० PM · 1 मिनेट पढाइ

इरानको ड्रोन आक्रमणबाट कुवेतमा इटालीका दुई नागरिकको मृत्यु

काठमाडौं : कुवेतमा इरानले गरेको ड्रोन आक्रमणमा परी दुई इटाली नागरिकको मृत्यु भएको छ।इटालीको विदेश मन्त्रालयले बिहीबार कुवेतमा भएको इरानी ड्रोन आक्रमणमा आफ्ना दुई नागरिकको मृत्यु भएको पुष्टि गरेको हो।बीबीसी फारसीका अनुसार ती दुवै नागरिक जर्मनीको हतियार निर्माता कम्पनी राइनमेटलका लागि काम गर्दै आएका थिए।यसअघि कुवेतले आफ्नो सशस्त्र बलले विभिन्न ‘शत्रु ड्रोन’ खसालेको जनाएको थियो। कुवेतको रक्षा मन्त्रालयका अनुसार ड्रोन रोक्ने क्रममा छर्रा लागेर चार जना घाइते भएका थिए।