तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ
काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्कालीन मुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेको छ। ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा अर्याललाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।ब्युरोका अनुसार नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी विदेशी मुद्रा अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन्।