SHARE
अन्नपूर्ण · बिहीबार ११ मंिर २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

महिला बास्केटबल : क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं : दसौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्ट र थ्री अन थ्रीमा बिहीबार क्वाटरफाइनल समीकरण पूरा भएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको खेलअन्तर्गत फुल कोर्टमा एपीएफले कर्णालीलाई ६७-१९, बागमतीले मधेशलाई ४३-५, कोशीले गण्डकीलाई ३३-७ र आर्मीले लुम्बिनीलाई ८०-२ ले पराजित गरे। एपीएफकी डोमा तामाङले ११, बागमतीकी एलिशा कार्कीले १०, कोशीकी आस्था कुलुङ राईले ९ र आर्मीकी नौसिका लिम्बूले २४ अंक जोडे।