इबिजा तटमा ७ हजार टन डिजेल बोकेको ट्यांकर दुर्घटना, एक जनाको मृत्यु
काठमाडौँ : स्पेनको इबिजा टापुनजिकै ७ हजार टनसम्म डिजेल बोकेको माल्टा ध्वजावाहक ट्यांकर समुद्रमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । जहाजमा सवार १७ जना चालक दलका सदस्यको उद्धार गरिएकोमा सात जनालाई अस्पताल लगिएको थियो ।उपचारका क्रममा एक जनाको मृत्यु भएको स्पेनको आपत्कालीन सेवाले जनाएको छ । अन्य छ जनाको अवस्था सामान्य रहेको बताइएको छ ।‘मेड इम्रे’ नामक उक्त ट्यांकर स्पेनको अल्जेसिरासबाट बार्सिलोनातर्फ जाँदै गर्दा इबिजाको तटबाट करिब ४६ किलोमिटर टाढा दुर्घटनामा परेको हो ।