यामाहा एक्सएसआर १५५ को नयाँ रङ सार्वजनिक, मूल्य ५ लाख ६४ हजार ९००
काठमाडौं । काठमाडौंको दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा एक्सएसआर १५५ मोटरसाइकलको नयाँ रङ सार्वजनिक गरिएको छ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु राइड्सले नयाँ खरानी–हरियो मेटालिक रङ सार्वजनिक गरेको हो ।