देउवा समूहको महाधिवेशनमा सभापति लड्ने निधिको तयारी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । मंसिर २१ गतेदेखि काठमाडौंमा हुने पूर्वसभापति शेरबहादुर देउवा समूहको महाधिवेशनलाई लक्षित गर्दै निधिले आफ्नो उम्मेदवारीको तयारी अघि बढाएका हुन् । यसक्रममा उनले महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालासँग पनि आफ्नो उम्मेदवारीबारे छलफल गरेको जनाइएको छ ।