नापजाँच भएको १३ वर्षपछि रुपन्देहीका १४८ परिवारले पाए लालपुर्जा
रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिका–७ (साविक हाटीबगाई गाविस–६) का १४८ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १३ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । लामो समयदेखि जग्गाको कानुनी स्वामित्व नपाएका स्थानीय परिवारले नापी कार्यालय रुपन्देहीमार्फत लालपुर्जा प्राप्त गरेका हुन् । उक्त क्षेत्रमा जग्गाको नापजाँच कार्य २०७० सालमै सम्पन्न भएको थियो ।