ठमेलको होटलबाट विदेशी मुद्रासहित ५० लाखभन्दा बढी बरामद, दुई जना पक्राउ
काठमाडौं । स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । काठमाडौंको ठमेलबाट चितवनको बिसौनीकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाका अनुसार उनीहरूलाई आज पक्राउ गरिएको हो ।