SHARE
लोक पथ · बिहीबार ११ मंिर २०८३ ०७:०६ AM · 1 मिनेट पढाइ

कर्पोरेट डेभलपमेन्ट बैंकको ५ लाख २५ हजार कित्ता प्रमोटर सेयर साधारणमा रूपान्तरण

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको ५ लाख २५ हजार कित्ता प्रमोटर सेयर साधारण सेयरमा रूपान्तरण भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बैंकका प्रमोटर सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर साधारण सेयरमा परिवर्तन गरिएको हो । सेयर रूपान्तरणपछि बैंकको प्रमोटर सेयर संख्या घटेको छ भने साधारण सेयर संख्या बढेको छ ।