नागरिक लगानी कोषले भन्यो– सामाजिक सुरक्षा कोषसँगको प्रतिस्पर्धाले आम्दानीमा गिरावट आयो
काठमाडौं । नागरिक लगानी कोषले सरकारी संलग्नता रहेका पूर्वाधार आयोजनामा लगानी विस्तारका लागि सहज वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गरेको छ । प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा कोषको वर्तमान अवस्था र भावी कार्ययोजना प्रस्तुत गर्दै कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले माथिल्लो तामाकोशी र न्यादीजस्ता जलविद्युत् आयोजनामा थप लगानी गर्न सरकारी पहल आवश्यक रहेको बताएका हुन् ।