SHARE
लोक पथ · बिहीबार ११ मंिर २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

सुरेन्द्रलाभ कर्णले सम्हाल्ने भए कोशी प्रदेश प्रमुखको कार्यभार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई कोशी प्रदेशको समेत कार्यभार सम्हाल्ने जिम्मेवारी दिएका छन् । कोशी प्रदेश प्रमुखको पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्मका लागि कर्णलाई उक्त जिम्मेवारी दिइएको हो । यसअघि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पाँच वर्षे कार्यकाल पूरा गरेपछि पदबाट बिदाइ भएका थिए ।