राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने
काठमाडौं । सरकारले मुलुकको ऊर्जा क्षेत्रको विकास र भावी प्राथमिकता निर्धारण गर्न राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय ऊर्जा नीति तयार गर्न उच्चस्तरीय समिति गठन गरेका छन् ।