SHARE
कर्पोरेट समाचार · बिहीबार ११ मंिर २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। मलेसियामा नेपाली कामदार पठाउने प्रक्रियामा अवैध रूपमा रकम संकलन गरी विदेश पठाएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार अर्याललाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो। यद्यपि उनलाई सीमा क्षेत्रको कुन स्थानबाट र कहिले पक्राउ गरिएको भन्नेबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार