३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाइँदै
काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत्, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युतको अनुपात निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन थालेको हो ।