SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

बूढीगण्डकी निर्माणका लागि पैसाको अभाव हुँदैन : मन्त्री लम्साल

धादिङ : वर्षौंदेखि चर्चामा रहँदै आएको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आर्थिक स्रोतको अभाव हुन नदिने भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालले बताएका छन्। उनले आयोजना निर्माणका लागि आवश्यक बजेट सरकारले व्यवस्था गर्ने दाबी गरेका छन्।बुधबार बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री लम्सालले बूढीगण्डकी राष्ट्रिय महत्त्वको आयोजना भएकाले यसको निर्माणलाई प्राथमिकतामा राखेर अघि बढाइने बताएका हुन्।