SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले किन दिएन अन्तरिम आदेश?

काठमाडौं : पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम सुनुवाइका क्रममा नै माग गरिएको विषयको निरूपण र सम्बोधन हुन सक्ने देखिएको भन्दै तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो।