SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

कोशी र बागमतीले बाँडे अंक

काठमाडौं : १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ बुधवार भएको दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेशले अंक बाँडेका छन्। कोशी र बागमतीले समान २-२ गोल गर्दै अंक बाँडेका हुन्। दुई गोलको अग्रता लिएको बागमती खेलको उत्तरार्धमा सम्हालिन नसक्दा दुई गोल खाई बराबरीमा चित्त बुझाएको छ। बागमतीका लागि दुवै गोल एलिक श्रेष्ठले खेलको ३६ औं र ५४ औं मिनेटमा गरेका थिए। कोशीका तर्फबाट खेलको ७५ औं मिनेटमा मिलन राईले पेनाल्टीबाट गोल गरेका हुन्। खेलको ७८ औं मिनेटमा पदम भट्टराईले एक गोल थपे।