बाल संरक्षणमा परिवारकेन्द्रित हेरचाहलाई सरकारको प्राथमिकता
काठमाडौं : सरकारले बालबालिकाको वैकल्पिक हेरचाह प्रणालीलाई परिवारकेन्द्रित, अधिकारमा आधारित र तथ्याङ्कमा आधारित बनाउने उद्देश्यसहित अन्तर्राष्ट्रिय वर्गीकरण प्रणालीलाई नेपालको सन्दर्भअनुकूल बनाउँदै राष्ट्रिय तथ्याङ्क प्रणालीमा एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ।बालबालिकालाई संस्थागत हेरचाहमा राख्नुभन्दा परिवारमै पुनर्मिलन गराउने, नातेदारको संरक्षणमा राख्ने तथा संरक्षक परिवारमार्फत हेरचाहको व्यवस्था गर्ने नीतिलाई सरकारले प्राथमिकता दिएको छ।