SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

भुटानमा आयोजना हुने गेलेफु टी-२० अन्तर्राष्ट्रिय खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं: भुटानमा आयोजना हुने गेलेफु टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाल ‘ए’ टोलीको घोषणा भएको छ। सन्तोष यादवको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले  १४ सदस्यीय टोलीको घोषणा गरेको हो। सन्तोषले पहिलो पटक नेपाल ‘ए’टिमको कप्तानी गर्न लागेका हुन्। डिसेम्बर ४ देखि १३ सम्म आयोजना हुन लागेको यस प्रतियोगितामा नेपालले ‘ए’ टोली पठाउन लागेको हो भने भुटान,बहराइन,थाइल्यान्ड र माल्दिभ्सको राष्ट्रिय टोलीले खेल्न लागेका हुन्।