SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

बालश्रमलाई पूर्णरूपमा निषेध गर्छौं : मन्त्री यादव

काठमाडौं : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमलाई न्युनीकरण गर्ने उद्देश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताएका छन्।सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री यादवले बालश्रमलाई पूर्णरूपमा निषेध मात्र गर्दा व्यवहारिक नहुने भएकाले बालश्रमलाई न्युनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको बताए।