निजगढ विमानस्थल लाइफलाइन हो, बनाउनै पर्छ : पर्यटनमन्त्री पौडेल
सिमरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशकै लागि ‘लाइफलाइन‘ भएकाले यसलाई जसरी पनि निर्माण गर्नुपर्ने बताएका छन्। बाराको सिमरामा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले प्रभावित स्थानीय जनतालाई अन्यायमा नपर्ने गरी उचित पुनःस्थापना गरेर विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने बताए।