प्रेमिका सिम्रन खड्कासँग वैवाहिक बन्धनमा बाँधिए पूर्व कप्तान रोहित पौडेल
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहितकुमार पौडेलले प्रेमिका सिम्रन खड्कासँग विवाह गरेका छन्।उनले थाइल्यान्डमा आज बिहीबार प्रेमिका खड्कासँग विवाह गरेका हुन्। लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै २४ वर्षीय रोहित र सिम्रनले थाइल्यान्डमा आयोजित एक समारोहबीच लगनगाँठो कसेका हुन्।‘सपनाहरू निर्माण गर्ने सहयात्रीबाट जीवनभरका लागि सहयात्रीसम्म। सधैँभरि सँगै रहने वाचासहित,’ रोहितले सामाजिक सञ्जालमार्फत विवाहका तस्बिरहरू सार्वजनिक गर्दै लेखेका छन्।