SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

दशौँ राष्ट्रिय खेलकुद: महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

काठमाडौं : कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलतर्फ बुधबार भएका खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् । बुधबार बिहान सम्पन्न फुल कोर्ट ९५×५० विधाका दुई खेलमा दुवै टोलीले जित निकालेका हुन् ।पहिलो खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई ५२–२९ को फराकिलो अन्तरले पराजित गरेको छ । पुलिसले खेलभर उत्कृष्ट प्रदर्शन गर्दै २३ अंकको अन्तरमा जित निकालेको हो ।