दशौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा सुदूरपश्चिमलाई बागमतीले हरायो
काठमाडौं : १० औं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा बुधबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले हराउँदै बागमतीले विजयी सुरुवात गरेको छ। सुर्खेतको विरेन्द्रनगरस्थित विरेन्द्रनगर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनाएको हो। सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले १८ ओभरमा ३ विकेट गुमाउँदै ११४ रनसहित लक्ष्य पूरा गरेको हो।