SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

सिभिल अस्पतालमा बोन म्यारो प्रत्यारोपण सेवाको एक दशक, १०० ‘हाफ-म्याच’ प्रत्यारोपण सफल

स्वास्थ्य ब्युरो/काठमाडौं : नेपालको सार्वजनिक स्वास्थ्य सेवामा विशेषज्ञ उपचार क्षमता विकास गर्ने दिशामा निजामती कर्मचारी अस्पताल (सिभिल सर्भिस अस्पताल), मीनभवनले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। अस्पतालले बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनको एक दशक पूरा गर्दै १०० वटा ‘ह्याप्लोआइडेन्टिकल’ (हाफ-म्याच) हेमाटोपोएटिक स्टेम सेल प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ।