SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

बेपत्ताका परिवारका पीडा : ‘न्याय नपाउँदा कुरेरै गयो दिन’

गुलरिया : तत्कालीन विद्रोही माओवादी र राज्य पक्षबिच युद्ध चलिरहेको थियो। विक्रम संवत् २०५९ साल असोज २२ गते फूलपातीका दिन मेरा बाबालाई तत्कालीन शाही नेपाली सेनाले बेपत्ता बनायो।जतिबेला म १० वर्षकी थिएँ। अहिलेसम्म २४ वटा दसैँ आइसके तर मेरा बाबा आउनुभएन। बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ६ की अस्मिता थारू भन्छिन्, 'धेरै कष्ट सहेर जीवनयापन गर्नुपर्‍यो। आमाले पनि धेरै यातना पाउनुभयो। सरकारले उच्च शिक्षासम्म अध्ययन, जीविकोपार्जनको सिप र आमाको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ।