SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

लगानीकर्तालाई थप भार नपर्ने गरी पुँजी बढाउने लगानी कोषको तयारी

काठमाडौं : नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले भविष्यको आवश्यकता र ऐनको व्यवस्था मिलाउन पुँजी वृद्धिको प्रस्ताव गरिएको बताएका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सैद्दान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै कार्कीले अहिले बजारमा अधिक तरलता भए पनि भविष्यको आवश्यकता र ऐनको व्यवस्था मिलाउन पुँजी वृद्धिको प्रस्ताव गरिएको बताए।