SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

देउवा समूहले दियो महाधिवेशन तयारी समिति गठनको जिम्मा शशांकलाई

काठमाडौं : नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन संयोजक डा.शशांक कोइरालालाई दिएको छ । बुधबार देउवा समूहको सम्पर्क कार्यालय चूनदेवीमा बसेको शीर्ष नेता, पदाधिकारी, भातृ तथा शुभेच्छुक लगाएतको बैठकले १५ औं महाधिवेशनको तयारीका लागि समिति गठनको जिम्मा संयोजक कोइरालालाई दिने निर्णय गरेको कांग्रेस नेता जितजंग बस्नेतले जानकारी दिए।