लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
वीरेन्द्रनगर : सुर्खेतमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने सचेतना अभियान आजदेखि सुरू भएको छ । लैङ्गिक हिंसाको अन्त्य,पीडितको न्यायमा पहुँच,समानता र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यसहित हरेक वर्ष सञ्चालन हुँदै आएको अभियान यस वर्ष पनि विभिन्न सचेतनामूलक कार्यक्रमका साथ सुरु भएको हो ।‘हिंसा गर्नु र सहनु दुवै अपराध हो’भन्ने सन्देशलाई आत्मसात् गर्दै हिंसामुक्त समाज निर्माणका लागि सबै नागरिकलाई साझा प्रतिबद्धता जनाउन आह्वान गरिएको छ ।