महोत्तरीमा निजी लगानीमा थारू संस्कृति तथा पर्यटन केन्द्रको भवनको निर्माण
महोत्तरी : महोत्तरीका एक दम्पतीले निजी लगानीमा थारू संस्कृति तथा पर्यटन केन्द्रको भवनको निर्माण गरिएको छ। भंगहा नगरपालिका ७ घर भएका इन्जिनियर सुदीपकुमार चौधरी र डा. निता चौधरीले ८७ लाख ५० हजारको लगानीमा संस्थाको लागि अतिसुविधा सम्पन्न पक्की भवन निर्माण गरिएको हो।थारू समुदायको मौलिक पहिचान, भाषा, कला, संस्कृति र परम्परालाई संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले भवन निर्माण गरिएको सो केन्द्रका अध्यक्ष रामनारायण चौधरीले जानकारी दिए ।