SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

१०औं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा कोशीसँग हार्यो आयोजक कर्णाली

काठमाडौं : १०औं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा कोशी प्रदेशले आयोजक प्रदेश कर्णाली प्रदेशलाई ४९ रनले हराएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित विरेन्द्रनगर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२५ रन बनाएको थियो। कोशीले दिएको १२६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश १९.५ ओेभरमा ७६ रन बनाउँदै अलआउट भयो। कर्णाली प्रदेशको लागि शिखा दुवाडीले सर्वाधिक २० रन बनाइन्। उनले २६ बलमा २ चौका प्रहार गरिन्।