SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

आइपीएल अक्सनमा १ हजार २ सय २० खेलाडीमाथि बोली लाग्ने, १० नेपाली खेलाडी समावेश

काठमाडौं : इन्डिन प्रिमियर लिग(आइपीएल)को २०२७ को संस्करणमा १ हजार २२० खेलाडीहरूको अक्सन हुने भएको छ। आइपीएलले सार्वजनिक गरेको तालिकामा ९३९ जना भारतीय खेलाडी छन् भने २८१ विदेशीको नाममा बोली लाग्नेछ। विदेशी खेलाडीको कोटामा १० जना नेपाली खेलाडीको नाम पनि समावेश छ। आइपीएलमा नाम दर्ता गराउने विदेशी खेलाडी १७ फरक देशबाट रहेका छन्। आइपीएलका टोलीहरूले १८४ खेलाडी रिटेन गरिसक्दा भारतीयमा ६६ र विदेशी २५ खेलाडी विक्री हुनेछन्।