एसिया कप राइजिङ स्टार्स क्रिकेट : पकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपालले फिल्डिङ गर्दै
काठमाण्डु – कतारमा जारी एसिया कप राइजिङ स्टार्स १ दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार पाकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपालले ट्स हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा भरखरै भएको ट्समा पाकिस्तान ‘ए’ले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।